एमालेले थाल्यो बाग्मती प्रदेशको प्रथम् अधिवेशनको तयारी

पार्टी बलियो बनाउन नेता कार्यकर्ताले त्याग गर्नुपर्छ–एमाले नेता ज्ञवाली
जनपत्र
२३ भाद्र २०८०, शनिबार ०७:५४

हेटौँँडा । पार्टीलाई बलियो बनाउनको लागि नेता कार्यकर्ताले त्याग गर्न तयार हुनुपर्छ नेकपा एमाले केन्द्रीय पोलिटव्यूरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवि ज्ञवालीले बताउनु भएको छ ।

नेकपा एमाले मकवानपुरको १० औँ जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्दै ज्ञवालीले पार्टीमा विभिन्न पार्टीबाट प्रवेश गर्नुहुने लाई जिम्मेवारी दिन र नयाँ पुस्तालाई समेटेर नै पार्टी बलियो बनाउनु पर्ने भन्दै पार्टी कामको जिम्मेवारी सहमति र समजदारीका साथ लिनको लागि बैठकमा निर्देशन गर्नुभयो ।

जनविरोधी शक्तिहरूको घेराबन्दीको बीचमा राष्ट्र र जनताको पक्षको दृढतापूर्वक उभिएको एउटा मात्र पार्टी एमाले भएकोले एमालेका नेता, कार्यकर्ता त्यागी हुन आवश्यक रहेको र पहिलो पार्टी बनाउने सारथि बन्न पर्नेमा उहाँले जोड दिनुभयो ।

आगामी असोज ८ र ९ गते काठमाण्डौँमा हुने प्रथम् बाग्मती प्रदेश अधिवेशनको लागि जिल्लामा रहेको ११ हजार ६ सय ८४ पार्टी सदस्य बाट १ सय २५ बरावर १ जना, मजदुर, पेशागत र उत्पिडित क्षेत्रबाट ५० जना बरावर १ जनाको व्यवस्था भएको र करिव १ सय जना प्रतिनिधि चयन हुने जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताउनु भयो । पालिकाको १०, मजदुर र पेशागत क्षेत्रबाट १ जना र उत्पीडित क्षेत्रको प्रतिनिधिसभा २ क्षेत्र गरि १३ वटा प्रतिनिधि छनौट केन्द्र रहने छ । भाद्र २७ गते एकै दिन केन्द्रमा प्रतिनिधि छनौट हुनेसमेत सचिव सिग्देलले बताउनु भयो ।

पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्यहरू केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सूर्यचन्द्र न्यौपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटीकासदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*