माओवादी बागमती प्रदेशका अध्यक्ष पौडेलको दाबी : कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि जारी भएको छैन

जनपत्र
२२ भाद्र २०८०, शुक्रबार ०८:३२

हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश मातहतका कार्यालयमा प्रदेश अध्यक्षको समेत फोटो राख्ने सम्बन्धमा कुनै सर्कुलर जारी नभएको अध्यक्ष सरल सहयात्री पौडेलले जिकिर गरेका छन् । कार्यालय व्यवस्थापनसम्बन्धी कार्याविधि २०८० जारी नभएको स्पष्ट पार्दै उनले भ्रममा नपर्न आग्रह गरेका हुन् ।

आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले कल्पनासमेत नगरको विषयलाई बाहिर ल्याएकोमा उनले असन्तुष्टि पोखे ।  ‘सञ्चार माध्यममा आएका दस्ताबेज पार्टीको आधिकारिक होइन । कार्यालय व्यवस्थापनसम्बन्धी कार्यविधि हामीले पहिल्यै जारी गरिसकेका छौँ’, उनले भने, ‘मेरो चरित्र हत्या गर्ने उद्देश्यले यस्ता सामाग्री बाहिर ल्याएको देखिन्छ । कार्यालयको सही छाप, लेटर हेड र आधिकारिक व्यक्तिको सही नभएको कागजात आधिकारिक हुँदैन । कोही पनि भ्रममा नपर्नोस् ।’

पार्टीमा बसेर पदीय दुरुपयोग गरी मिडियामार्फत भ्रम छर्ने तथा बदनाम गर्न खोजिएको हुने सक्ने उनको भनाइ छ । एक वर्षअघि नै दोस्रो सर्कुलरको अनुसूचीको  कार्यविधि बनेको छ । त्यसयता चुनावी निर्देशिका बाहेक कार्यविधिसम्बन्धी कुनै सर्कुलर जारी नभएको उनको दाबी छ ।

‘हामीले एक वर्षअघि नै दोस्रो सर्कुलरको अनुसूचीको कार्यविधि बनाएर मातहतको कमिटीमा पठाइसकेका छौँ । त्यसयता चुनावी निर्देशिकाबाहेक कार्यविधिसम्बन्धी कुनै सर्कुलर जारी भएको छैन’, उनले दाबी गरे ।

बागमती समितिले पार्टी संगठन र बैठक सञ्चालन सहजीकरण कार्यविधिसम्बन्धी सर्कुलर मातहतको समितिमा पठाएको थियो । जसअनुसार बैठक तयारी, आचारसंहिता, र बैठक सञ्चालन र समयको सम्बन्धमा कार्यविधिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*