बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक काफ्लेले किन दिए राजिनामा ?
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजिनामा दिएका छन् । सामजिक सञ्जाल फेसबुक मार्फत काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजिनामा पेश गरेको तस्बिर सार्वजनिक गर्दै काफ्लेले राजिनामा दिएकोा जानकारी गराएका हुन् ।
उनले राजिनामा दिए पनि खास कारण भने खुल्न सकेको छैन । उनले अब बन्ने संमितिको सभापति बन्नका लागि अहिले सचेतकबाट राजिनामा दिएको भनेर आकलन गर्नेहरु पनि छन् । तर, उनले आफ्नो निर्वाचन क्षेत्रमा काम गर्न नभ्याएको जस्ता तर्क दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा ठुलै काम गर्ने योजना भने उनमा केही पनि छैन ।
राजिनामाको कारण पार्टीको काम गर्न समय नपुगेको उल्लेख गरिएको भएपनि उनको राजिनामाको कारण भने संसदीय दलका नेता लामा संगको संवन्धमा आएको समस्याको कारण रहेको श्रोतको दाबी रहेको छ ।
राजिनामा दिएको तस्बिर राख्दै प्रमुख सचेतकको भूमिकाले पार्टी संगठनको काममा समय दिन नसकेको जसको कारण दोलखेली जनसेवामा समय अभाव महशुस भएको उल्लेख गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्यको रुपमा रहेको र दोलखाको जनताको सेवामा थप समर्पित हुनको लागि उनले प्रमुख सचेतकबाट राजिनामा दिएको उनले बताएका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीमानै दाबी गरेका काफ्लेले लामालाई दलको नेता बनाउन सहयोग गरेका थिए । तर लामाले दलको नेता भएपछि काफ्लेलाई मन्त्रीमण्डलमा समेत सहभागि नगराएपछि उनि चिढिएको बताईन्छ ।
पदबाट राजिनामा दिएका काफ्लेले आफ्नो सम्पुर्ण समय पार्टी संगठनलाई चलाएमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरुको सेवामा व्यतीत गर्ने बताए ।
गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भयकै कुरा हो । प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु । उनले भने । अत केन्द्रिय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दियको छु । यस विचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बाग्मती प्रदेशका सम्पुर्ण माननीय र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
गत पुसमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले र राप्रपाको गठबन्धनको सरकार गठन गरेपछी कांग्रेस प्रतिपक्ष दल बनेको थियो । प्रतिपक्ष दल कांग्रेस रहदा संसदीय दलका नेता लामाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका थिए । तत्कालिन सत्तागठबन्धन करिव २ महिना चल्दा काफ्लेलाई प्रमुख प्रतिपक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोकिएको थियो । गत फागुनमा सत्ता गठबन्धन परिवर्तनसंगै कांग्रेस सत्ता पक्ष बन्यो ।
कांग्रेस सत्तामा आएसंगै उनको प्रमुख सचेतक पद र सेवा सुविधा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद रत्न प्रसाद ढकालले पाएका थिए । ढकाल प्रमुख सचेतक बनेपछी उनी सचेतकको जिम्मेवारीमा रहनु परेको थियो ।






