रिट्रर्नी फेडेरेसन मकवानपुरको बैठकः आगामी कर्ययोजना तयार

जनपत्र
९ भाद्र २०८०, शनिबार १०:५०

हेटौंडा । रिट्रर्नी फ्रेडेरेसन मकवानपुरको बैठकले आगामी कर्ययोजना तयार पारेको छ । फेडेरेसनका जिल्ला अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । फेडेरेसन मकवानपुरको बैठकले आगामी कर्ययोजना निर्माण तथा बिभिन्न बिभाग हरु गठन गर्दै सप्पन्न गरेको छ ।

रिट्रनीका केन्द्रीय सदस्य सोम चौलागाईं , स्थायी कमिटी सद्स्य जहर सि लामाको उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रिय सचिव कृष्ण घोरासैनिले रिट्रनी हेल्प डेस्क, रिट्रनी बिदेश बिभाग, रिट्रनी महिला संजाल, रिट्रनी सामाजिक सन्जाल लगायतका बिभाग हरुको आवश्यकता र औचित्य बारेमा प्रकाश् पार्नु भएको थियो । कार्यक्रमक प्रमुख आतिथी रामेश्वर रानाले आनुसासित हुदै रिट्रनी आन्दोलनमा लाग्नु पर्ने र यसको लागी निरन्तर पार्टी पङ्तीबाट आवश्यक सहयोग रहने बिचार व्यक्त गर्नु भयो ।

यसैगरी एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले एमालेले मात्र रिट्रनीहरुको हक आधिकार स्थापित गर्ने सामर्थ्य राख्ने र पार्टीले रिट्रनीहरुलाइ हरतरहले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैगरी एमाले जनसङगठन इन्चार्ज हिदम लामाले रिट्रनिहरुलाइ स्थापित गराउन पार्टीले आवस्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो , अर्का नेता जिल्ला पार्टी सचीव नवीन सिग्देलले सम्पुर्ण रिट्रनीहरु आफ्ना मुद्दालाई स्थपित गर्न गोल बद्द हुनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*