चलचित्र विकास बोर्डद्वारा दीर्घ साधना र विशेष योगदान सम्मानबाट सम्मानित हुने नामावली सार्वजनिक

जनपत्र
९ भाद्र २०८०, शनिबार ०८:०२

 चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह- २०८० मा चलचित्र दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित हुने चलचित्रकर्मीहरूको सूची सार्वजनिक गरेको छ।

चलचित्र विकास बोर्डको मिति २०८०/०५/०७ गतेको निर्णयानुसार यही २०८० साल भाद्र १२ गते मंगलबारका दिन राष्ट्रपतिको कार्यालय¸ शीतलनिवास¸ काठमाडौंमा आयोजना गर्ने गरी तय गरिएको पुरस्कार तथा सम्मान समारोहमा सम्मानित हुने नामावली सार्वजनिक गरेको हो।

यसको पूर्ण विवरण बोर्डको वेबसाइट film.gov.np मा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*