बागमती प्रदेशमा फुटाइयो मन्त्रालय, बिना बिभागिय मन्त्री चित्रकारलाई उद्योग मन्त्रालयको जिम्मेवारी
हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सख्या थप गरेको छ । सत्ता गठवन्धनमा भागवण्डा पुर्याउनका लागि ११ वटा मन्त्रालय रहेकोमा अब भने १२ वटा मन्त्रालय रहनेछ ।
आजको मन्त्रिपरिषद् बैठकले करिब ३ महिना देखि जिम्मेवारी बिहीन रहेका बिना बिभागिय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निणय गरेको छ । सत्ता गठवन्धनको किचलोका कारण लामो समय देखि बिना बिभागिय मन्त्रीका रुपमा रहनु भएका चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिएको हो ।
बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले विभिन्न चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने लगायत विभिन्न निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । बैठकले प्रदेश सञ्चार माध्ययम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यसैगरी, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पनि प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
यस्तै, बैठकले ज्यान जोखिममा परेका सुत्केरी महिलाहरुलाई निशुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि कास स्वीकृत गर्ने निर्णय गरेको छ भने विज्ञान प्रविधि नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठले बागमती प्रदेश सभाको बैठक भदौ १७ गतेका लागि बोलाउने गरी निर्णय गरेको जानकारी दिनुभयो ।






