जोगले हुन्छ भेट : ३० वर्षपछि सरोज खनाल र ‘सान्नानी’ हिरोइनको भेट

जनपत्र
७ श्रावण २०८०, आईतवार १६:४१

नेपथ्य ब्यान्डको चर्चित गीत ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’ भनेजस्तै भएको छ, अभिनेता सरोज खनाल र अभिनेत्री मेघा पोखरेल ९विमला०को भेट । त्यो पनि ३० वर्षपछि । मेघा शनिबार खनालद्वारा निर्देशित तथा अभिनीत फिल्म ‘बगान’ हेर्न सिभिल मलस्थित हलमा पुगेको बखतमा उनीहरुबीच जम्काभेट भएको हो । उनीहरुले फिल्म ‘सान्नानी’मा एकसाथ अभिनय गरेका थिए ।

मेघासँग खिचेको एक तस्बिर फेसबुकमा सेअर गर्दै निर्देशक खनालले ३० वर्षपछि भेट्दा आफूले मेघालाई चिन्न नसकेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘२०५३ सालतिर हराएकी ‘सान्नानी’ आज ‘बगान’मा भेटिइन् । उनले अभिनय गरेका दुईटा फिल्म ‘सोल्टिनी’ र ‘सान्नानी’, जुन त्यतिबेला दर्शकहरुले मनपराउनु भएको सुपरहिट फिल्म थियो । ‘सान्नानी’मा म उनको नायक थिएँ ।’

‘सोल्टिनी’ र ‘सान्नानी’ मेघाको अभिनयले चलेको बताउँदै खनाल अगाडि लेख्छन्, ‘सबै निर्मातारनिर्देशक उनलाई आफ्नो फिल्ममा लिन लालायित थिए । तर ‘सान्नानी’ खेलेपछि उनी एकाएक फिल्म क्षेत्रबाट हराइन् । उनको धेरै खोजी भयो तर न उनलाई कसैले भेटे न उनी फर्केर आइन् ।’ ३० वर्षपछि भेट्दा मेघामा धेरै परिवर्तन आएको भए पनि हाँसो उस्तै रहेको खनालले बताएका छन् ।

‘आज सिभिल मलमा ‘बगान’ हेर्न आउनु भएका दर्शकलाई भेट्न जाँदा फोटो खिच्न आउनुहुने दर्शकको भीडबाट ‘मलाई चिन्नु हुन्छ रु’ भन्दै उनी मतिर आइन् । मैले झट्ट उनलाई चिन्न सकिनँ । किनकि, ३० वर्षमा उनीमा धेरै परिवर्तन आइसकेको थियो । तर, जब उनी हाँसिन् मैले उनलाई चिनेँ । ३० वर्षपछि पनि सान्नानीको हाँसो उस्तै थियो । ‘सान्नानी’ अर्थात् मेघा पोखरेल,’ खनाल लेख्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*