आफ्नै समूहका मन्त्रीले ल्याएको विधेयकप्रति शेखरको आपत्ति, खारेग गर्न माग

जनपत्र
७ श्रावण २०८०, आईतवार १४:१०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले मुलुकी संहितालाई संशोधन गर्न संसदमा दर्ता गरिएको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० फिर्ता गर्न माग गरेका छन् ।

कानून मन्त्री धनराज गुरुङले ल्याएको विधेयकले राजनीतिलाई अपराधीकरण गर्न खोजेको भन्दै रास्वपालगायत दलले संसदमा विरोध गरिरहेका छन् ।

कांग्रेस केन्द्रीय समितिको पाँचौ दिनको बैठकलाई आइतवार सम्बोधन गर्दै नेता कोइरालाले दण्डहीनतालाई पश्रय दिने कानून फिर्ता गर्नुपर्ने बताएका हुन् । ‘सबभन्दा चिन्ता लागेको विषय हामी दण्डहीनतालाई पश्रय गर्ने कानून बनाउन लागेका छौं । नीतिगत रूपमा कानून बनाएर पश्रय दिने काम भएको छ’ कोइरालाले भने, ‘हाल संसदमा बनेको मुलुकी संघीतासम्बन्धी व्यवस्था संशोधन गर्न बनेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक खारेज गर्नुपर्छ ।’

कोइरालाले यो विधेयक पारित भए दण्डहीनताले संस्थागत रूप धारण गर्ने भन्दै चिन्ता व्यक्त गरे ।
१४ औं महाधिवेशनमा कोइराला समूहबाट उपसभापति जितेका मन्त्री गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसदमा पेश गरेका थिए ।

यो विधेयक रोक्न रास्वपाले संसद बैठक अबरुद्ध गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*