फ्राइडे रिलिजः हलमा बुद्धि तामाङको ‘लुङा’ सँगै दुई हलिउड फिल्म

जनपत्र
५ श्रावण २०८०, शुक्रबार १३:३६

शुक्रबार नेपाली फिल्म हलमा तीन नयाँ फिल्म प्रदर्शन भएका छन्।

नेपाली फिल्मतर्फ ‘लुङा’ र विदेशी फिल्मतर्फ ‘ओपेनहेइमर’ र ‘बार्बी’ प्रदर्शनमा आएका हुन्।

किरण राईले निर्देशन गरेको फिल्म ‘लुङा’ मा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, प्रकाश दाहाल, अनुप लिंगिम, सुदिप जंग कार्की, गंगा बहादुर राई, सम्झना लिम्बु, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायत कलाकारको अभिनय छ।

ज्योतिराज राईको लगानी रहेको फिल्ममा सञ्जिव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिषा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङ सह-निर्माता रहेका छन्।

क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’ मा सिलियन मर्फी, एमिली ब्लन्ट, म्याट डेमन, रबर्ट डाउनीलगायत कलाकारको अभिनय छ। यो बायोग्राफिकल र थ्रिलर जनराको फिल्म हो।

ग्रेटा गर्विग निर्देशित फिल्म ‘बार्बी’ मा मार्गट रोबी, रायन गोस्लिङ, एमा म्याकीलगायत कलाकारको अभिनय छ। यो कमेडी र एडभेन्चर जनराको फिल्म हो।

‘लुङा’ को ट्रेलरः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*