‘बगान’ लाई महानगरपालिकाको ५० हजार रुपैयाँँ जरिवाना, वितरक भन्छन्– ‘पोस्टर टाँसिएको एक हप्तापछि किन कारवाही ?’

जनपत्र
२ श्रावण २०८०, मंगलवार १६:३६

काठमाडौं महानगरपालिकाले गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बगान’ को निर्माण संस्थालाई नगद ५० हजार रुपैयाँँ जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा जथाभावि रुपमा फिल्मको पोस्टर टाँसिएको हुँदा उक्त फिल्मको निर्माण संस्था नेपाली वेबसाइट मिडिया हाउस प्रा.लि.लाई उक्त जरिवाना तिराइएको हो ।

‘फिल्मको पोस्टर टाँसी दृष्य प्रदूषण तथा फोहोरमैला गरेबापत जरिवाना’ नेपाली वेबसाइट मिडिया हाउस प्रा।ली।द्वारा जरिवाना तिरिएको रसिदमा उल्लेख छ ।

के भन्छन् वितरक ?

‘बगान’ फिल्मलाई काठमाडौं उपत्यकामा वितरण गरेको रिच इन्टरटेन्मेन्टका प्रमुख करण क्रेजी श्रेष्ठले महानगरले पूर्वाग्रही शैलीमा पोस्टर टाँसेकोमा कारवाही गरेको प्रतिक्रिया दिएका छन् ।

कलाकर्मीसंग कुराकानी गर्दै वितरण श्रेष्ठले भनेका छन्– ‘हामीले अघिल्लो मंगलबार काठमाडौंमा फिल्मको पोस्टर टाँसेका थियौं, आज आएर हामीलाई कुराकानी गर्नुछ भनेर महानगरपालिकामा बोलाइयो र सिंघम शैलीमा ‘पचास हजार रुपैयाँ’ जरिवाना तिर्नुस् भनियो ।’

‘एक सातासम्म नगर प्रहरी के हेरेर बसेका थिए, यसअघि अन्य कुनै पनि फिल्मलाई पोस्टर टाँसेको आधारमा किन जरिवाना तिराइएन ? भविष्यमा प्रदर्शन हुने फिल्मका पोस्टर हामीले कहाँ लगेर टाँस्ने ?’ वितरण श्रेष्ठले जिज्ञारा राखेका छन् ।
‘बगान’ ले एकल महिलाको विषय उठाएको, निर्माताको खर्चमा देशैभरीका एकल महिललाई निशूल्क फिल्म हेर्ने व्यवस्था मिलाएर समाजसेवा गरिरहेको वितरण श्रेष्ठको तर्क छ ।

‘महानगरपालिकाले हाम्रो फिल्मको पोस्टरले काठमाडौंमा फोहोरमैला गर्यो, प्रदूषण फैलायो भन्ने आरोप लगाएको छ, वितरक श्रेष्ठ भन्छन्– ‘अझै पनि समाजमा त्यस्ता थुप्रै दर्शक छन्, जो भित्तामा टाँसिएका पोस्टर हेरेरै फिल्म हेर्न जान्छन् ।’
‘हामी चलचित्रकर्मी महानगरपालिकाको सौन्दर्य बढाउन जे गर्नु पर्छ, त्यो गर्न तयार छौं, उनी भन्छन्–‘त्यसका लागि नगरपालिकाले पनि हामीलाई विकल्प दिनु पर्यो, कि पोस्टरका लागि डिजिटल बोर्डको व्यवस्थापन गर्नु पर्यो, त्यत्तिकै हचुवाको भरमा कारवाही गर्नु न्यायसंगत भएन ।’

गत शुक्रवारदेखि प्रदर्शनमा आएको सरोज खनालद्वारा निर्देशित ‘बगान’ ले दर्शकको मन जितिरहेको छ भने व्यवसायिक रुपमा सफल हुने बाटोमा अघि बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*