चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण : ६ जनाको ज्यान गयो

जनपत्र
२५ असार २०८०, सोमबार ११:०४

unn.prixa.net

चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन्  ।

चीनको दक्षिण पूर्वी ग्वाङडोङ प्रान्तमा रहेको साना बालबालिका पढ्ने एक विद्यालयमा चक्कु आक्रमण भएको स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणमा तीन जना विद्यार्थी, दुई जना अभिभावक र एक जना शिक्षकको ज्यान गएको  स्थानीय प्रहरीले जनाएको छ ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले २५ वर्षका एक जनालाई पक्राउ गरेको छ । यो आक्रमण नियोजित भएको हुन सक्ने आशङ्का गरिएको छ । चीनमा यस्ता खालका आक्रमण निकै कम हुने गरे पनि पछिल्ला वर्षमा भने बढिरहेको खबरमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*