यूएईको सडकमा रातो बत्तीको नियम पालना नगरे झण्डै १८ लाख रुपैयाँ जरिबाना

जनपत्र
२१ असार २०८०, बिहीबार १२:३४

unn.prixa.netunn.prixa.netunn.prixa.netunn.prixa.netunn.prixa.netunn.prixa.netunn.prixa.netunn.prixa.net

काठमाण्डौ – यूएईमा हेभी ड्युटी ट्रक चालकले रातो बत्तीको नियम पालना नगरेमा ५० हजार दिर्हाम अर्थात् झण्डै १८ लाख रुपैयाँ जरिबाना र डिपोर्ट हुने भएको छ ।

यूएईले आफ्नो ट्राफिक नियमको विभिन्न बुँदा संशोधन गर्दै गैर इमिरेटी नागरिक (विदेशी नागरिक)ले हेभी ड्युटी ट्रक चलाउँदा रातो बत्तीको नियम उलङ्घन गरेमा ५० हजार दिर्हाम अर्थात् १७ लाख ९५ हजार ३६० रुपैयाँ जरिवानासहित डिपोर्ट गर्ने प्रावधान ल्याएको हो ।

यस्तै लापरबाहीका साथ सवारी चलाएमा, अरूलाई जोखिममा पारेमा वा प्रहरी देखेर भाग्ने कोसिस गरेमा त्यस्तो सवारीलाई सिजसमेत गर्न सक्ने छ ।

यसका साथै यदि कसैले गति नियन्त्रणका लागि सवारीको जानाजान मोडिफाइ गरेमा, नम्बर प्लेट बिना चलाएमा वा ठुलो आवाजसहित चलाएमा पनि कारबाही हुने छ ।

सडक सुरक्षाका साथै सडकमा हुने सवारी दुर्घटना काम गर्नका लागि यस्तो नियम ल्याएको दुबई प्रहरीले उल्लेख गरेको छ । यो नियमले सडक सुरक्षाको वातावरण सुनिश्चित गर्ने दुबई प्रहरीले विश्वास लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*