अर्जेन्टिनाको केन्द्रीय बैंकद्वारा वित्तीय संस्थाहरूलाई चिनियाँ मुद्रा युआनमा कारोबार गर्न अनुमति

जनपत्र
१७ असार २०८०, आईतवार १०:२१

unn.prixa.net

काठमाण्डौ – अर्जेन्टिनाको केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई चिनियाँ मुद्रा युआनमा कारोबार गर्न अनुमति दिने भएको छ ।

अब अर्जेन्टिनाका बैंक तथा वित्तीय संस्थाले चिनियाँ मुद्रा युआनको सजिलै कारोबार गर्न पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थाले युआनको निक्षेप र भुक्तानी गर्नेछन् भने संस्था र व्यक्तिहरुले  चिनियाँ युआनमै खाता खोल्न समेत पाउनेछन् ।

राष्ट्रिय धितोपत्र आयोगको सुझाव अनुसार यो निर्णय गरिएको अर्जेन्टिनाको केन्द्रीय बैंकले जनाएको छ ।

अर्जेन्टिनाले यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको ऋण भुक्तानीको लागि युआनको स्वतन्त्र प्रयोग गर्ने निर्णय गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*