राष्ट्रिय सफ्ट टेनिस : युकेश र जर्जियाले जिते उपाधि

जनपत्र
१७ असार २०८०, आईतवार ०६:४२

नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारी कोशीका युकेश योञ्जन प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको पुरुष सिंगल च्याम्पियन भएका छन् । शनिबार फाइनलमा युकेशले वाग्मती प्रदेशका प्रदीप खत्रीलाई ४–० सोझो सेटले हराउँदै स्वर्ण जिते । खत्री नवौं राष्ट्रियका रजत विजेता हुन् ।

महिला सिंगलको उपाधि वाग्मतीकी जर्जिया चौधरीले जितेकी छन् । उनले लुम्बिनीकी ऋतिका चौधरीलाई ४–१ ले पन्छाउँदै स्वर्ण जितेकी हुन् । महिला डबल्समा कोशीका श्रेया योञ्जन र श्रेया राईको जोडीले वाग्मतीका जर्जिया चौधरी र चन्द्रमाया राईको जोडीविरुद्ध १०–८ को कठिन जित निकाल्दै स्वर्ण जितेको छ ।

पुरुष डबल्सतर्फ कोशीका युकेश र आशिष बोहराको जोडीले कोशीकै आभाष बुढाथोकी र अस्लेस ढकालको जोडीलाई ५–२ ले पन्छाउँदै स्वर्ण जित्यो । मिक्स डबल्सको स्वर्ण एपीएफका कमल भण्डारी र भगवती बिकको जोडीले जित्यो । उनीहरूले वाग्मतीका प्रदीप खत्री र जर्जिया चौधरीको जोडीलाई ५–३ ले हराएर स्वर्ण जिते । प्रतियोगिताका स्वर्णले ३५ हजार, रजतले २५ हजार र कांस्य विजेताले १० हजार पुरस्कार जितेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*