रूसले लडाकु समूह वाग्नरलाई व्यवस्थापन गर्न चुकेको बेलारुसको टिप्पणी

जनपत्र
१३ असार २०८०, बुधबार ०९:५६

unn.prixa.net

काठमाण्डौ – बेलारुसले लडाकु समूह वाग्नरलाई व्यवस्थापन गर्न रुस चुकेको टिप्पणी गरेको छ ।

बेलारूसका राष्ट्रपति एलेक्जेण्डर लुकाशेन्कोले रुसले सेना र विद्रोह गर्ने भाडाको समूह वाग्नरबीच लामो समयदेखि उत्पन्न तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बताउनुभएको छ ।

आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई झकझकाउने विद्रोह अन्त्यका लागि उहाँले मध्यस्थता गर्नुभएको थियो ।

वाग्नर र रूसी सेनाबीचको विवाद महिनौँसम्म चर्किरहेको थियो र भाडाका सेनाका प्रमुख येभगेनी प्रिगोजिनले असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।

रूस कमजोर भए पश्चिमा देशले फाइदा लिने पनि बेलारुसका राष्ट्रपति लुकाशेन्कोको भनाइ छ ।

उहाँले आफ्ना सेनालाई पनि उच्च सर्तकता अपनाउन आग्रह गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरले सेनामाथि नै विद्रोहको प्रयास गरेको थियो ।

रुसी सेनाले पर्याप्त हतियार नदिएको र आफ्नै भूमिमा आक्रमण गरेको भन्दै वाग्नर समूहले असन्तुष्टि जनाउँदै आएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*