सिनेमा हलमा ‘अन्तिम संस्कार’

जनपत्र
१० असार २०८०, आईतवार ०७:२८

चलचित्र ‘अन्तिम संस्कार’ शुक्रबारदेखि हलमा लागेको छ । सामाजिक कथावस्तुमा बनेको चलचित्रमा हराएको एक फिल्म मेकरलाई खोज्न जड्याहा प्रहरी अधिकृतको नेतृत्वमा चलाइएको अपरेसनको कथा देखाइएको छ ।

चलचित्रलाई प्रदीप शाहीले निर्देशन गर्नुभएको छ भने विजय लामा, दिया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारीलगायतको अभिनय रहेको छ । विनोद सुवेदी ‘क्षितिज’ निर्माता रहनुभएको चलचित्रको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रवीन्द्र श्रेष्ठ हुनुहुन्छ । बाबु श्रेष्ठको छायाङ्कन र रुपेश गुरुङको सम्पादन रहेको चलचित्रको प्रोडक्सन डिजाइनर प्रेम खड्का हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*