फ्रान्सको राजधानी पेरिसमा शक्तिशाली विष्फोट : दुई जना बेपत्ता, ३७ जना घाइते

जनपत्र
७ असार २०८०, बिहीबार १०:४७

unn.prixa.net

काठमाण्डौ – फ्रान्सको राजधानी शहर पेरिसको मध्य भागमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परेर दुई जना बेपत्ता भएका छन् भने कम्तिमा ३७ जना घाइते छन् ।

पेरिसको मध्य भागमा स्कुल क्षेत्र नजिक विस्फोटको घटना भएको हो । घटनामा घाइते चार जनाको अवस्था गम्भीर रहेको छ ।

घटनापछि आपतकालीन कामदारहरूले वेपत्ताको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।

विस्फोटको मुख्य कारण खुलेको छैन । प्रत्यक्षदर्शीका अनुसार विस्फोट हुनुअघि त्यस क्षेत्रमा ग्यासको गन्ध आएको थियो ।

विष्फोट भएको क्षेत्र पर्यटकमाझ पनि लोकप्रिय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*