श्रीलङ्कामा सेनाका डाक्टरले निकाले ८ सय १ ग्रामकाे पत्थरी, विश्व कीर्तिमान कायम

जनपत्र
३२ जेष्ठ २०८०, बिहीबार १२:४३

unn.prixa.net

श्रीलङ्काली सेनाका डाक्टरले मिर्गौलाबाट विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेका छन् । युरोलोजिस्ट लेफ्टिनेन्ट कर्नल डा. के सुदर्शनको टोलीले ६२ वर्षीय अवकाशप्राप्त एक सैनिकको मिर्गौलाको पत्थरी निकालेको हो ।

उनको मिर्गौलाबाट १३ दशमलव ३७ सेन्टिमिटर लम्बाइको ८ सय १ ग्राम तौलको पत्थरी निकालिएकाे छ । डाक्टरकाे टाेलीले मिर्गौलाको सबैभन्दा ठूलो पत्थरी निकालेर विश्व कीर्तिमान बनाएकाे समाचार संस्था एएफपीले जनाएको छ । पत्थरीकाे ताैल औसतमा पुरुष मिर्गौलाको तौलभन्दा पाँच गुणा धेरै रहेकाे एएफपीमा उल्लेख छ । त्यस्तै, मिर्गौला औसत १० देखि १२ सेन्टिमिटर लामो हुनेगर्छ ।

यसअघि सन् २००४ मा भारतमा विश्वको सबैभन्दा लामो १३ सेन्टिमिटरकाे पत्थरी मिर्गौलाबाट निकालिएको थियो। त्यस्तै, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार सन् २००८ मा पाकिस्तानमा एक बिरामीको मिर्गौलामा ६ सय २० ग्रामकाे पत्थरी जम्मा भएको रेकर्ड छ ।

पत्थरी निकालेपछि ती सैनिकको मिर्गौलाले सामान्य रुपमा काम गरिरहेको श्रीलङ्काको सेनाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*