पीएसजी छाडेर कहाँ जालान् एमबाप्पे ?

जनपत्र
३१ जेष्ठ २०८०, बुधबार १४:२८

तर सन् २०१७ मा मोनाकोबाट एमबाप्पेलाई १८० मिलियन युरोमा भित्र्याएको पीएसजीले उनको ट्रान्सफरलाई क्यास गर्न पनि सक्छ ।

पीएसजीले एमबाप्पेलाई बेच्न चाहेमा उनलाई चाहनेहरु धेरै हुनेछन्, तर केही सिमित क्लबले मात्र उनलाई अनुबन्ध गर्न सक्छन् ।

एमबाप्पेलाई भित्र्याउन सक्ने सम्भावित क्लबबारे बीबीसीले तयार पारेको सामग्री :

२४ वर्षीय यी स्टारले पीएसजीमा गएपछि २६० खेल खेल्दै २१२ गोल र ९८ असिस्ट गरेका छन् । ५ वटा लिग उपाधिसहित १३ वटा घरेलु ट्रफी जिताएका छन् ।

सन् २०१८ मा फ्रान्सले विश्वकप उपाधि जित्दा समेत उनले महत्वपूर्ण भूमिका खेलेका थिए । फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका उनी देशका लागि सर्वाधिक गोल गर्नेमा हाल पाँचौ स्थानमा छन् र कीर्तिमानी गोलकर्ता ओलिभर जिरुडभन्दा १५ गोलले पछि छन् ।

गत डिसेम्बरमा कतारमा भएको विश्वकप फाइनलमा एमबाप्पेले अर्जेन्टिना विरुद्ध ह्याट्रिक गरेका थिए तर पेनाल्टीसुटआउटमा अर्जेन्टिनासँग पराजित भयो ।

रियल मड्रिड

एमबाप्पे गत वर्ष रियल मड्रिडमा अनुबन्ध हुने सम्भावना देखिएको थियो । स्पानिस जायन्टले धेरै अघिदेखि उनको प्रशंसा गरिरहेको थियो । एमबाप्पेले जुनमा आफ्नो सम्झौता सकिनुअघि नै भविष्यबारे सोच्दै रियल र पीएसजी दुवैसँग आर्थिक प्याकेजबारे सहमति पनि जनाएका थिए । रियल उनका लागि १५० मिलियन युरो तिर्न र ४० मिलयन युरो पारिश्रमिक दिनका लागि तयार थियो ।

यद्यपि एमबाप्पेले आकर्षक डिलसहित पीएसजीमै बस्ने प्रस्ताव स्वीकार गरे । तैपनि उनले रियल मड्रिडबाट खेल्ने सपना कहिल्यै नसकिने बताएका थिए ।

फ्रेन्च टिममेट तथा बालोन डि’ओर विजेता करिम बेन्जेमा साउदी लागेपछि रियललाई फरवार्ड आवश्यक छ । टोटनहमका ह्यारी केन पनि रियलको नजरमा छन् ।

कार्लो एन्सेलोट्टीको टिमले इंग्लिस मिडफिल्डर जुड बेलिङहमलाई १०३ मिलियनमा भित्र्याउने पक्का गरिसकेको छ ।

अर्को ठूलो अनुबन्धका लागि रियलले आर्थिक पक्ष पनि सोच्नुपर्ने हुन सक्छ ।

म्यानचेष्टर युनाइटेड

एमबाप्पेका लागि पछि लागिरहेको अर्को ठूलो युरोपियन क्लब हो म्यानचेष्टर युनाइटेड । प्रिमियर लिगका थोरै क्लब मध्ये आर्थिक क्षमता भएको क्लब पनि हो यो ।

युनाइटेडको स्वामित्व भविष्यमा कसले लिने अनिश्चित नै छ । तर शेख जसमी बिन हमाद अल थानी र सर जिम राटक्लिफ आफ्नो प्रस्ताव ग्लेजर परिवारले स्वीकार गर्छ कि गर्दैन भने पर्खिरहेका छन् ।

युनाइटेडका म्यानेजर एरिक टेन हागले आफ्नो दोस्रो ट्रान्सफर विन्डोमा नम्बर ९ भूमिकालाई प्राथमिकता दिइरहेका छन् ।

यदी टोटनहमका अध्यक्ष डानिएल लेभीले बेच्ने इच्छा देखाएमा युनाइटेड इंग्लिस क्प्तान ह्यारी केनलाई पनि विकल्पमा राखिरहेको छ ।

यद्यपि, एमबाप्पेको स्थितिले फ्रान्सेली खेलाडीलाई इङ्ल्यान्ड भित्र्याउने लोभ म्यानचेस्टर युनाइटेडमा जाग्न सक्छ ।  कुनै पनि सम्भावित नयाँ मालिकलाई आशाजनक पहिलो प्रभाव पार्ने अवसर एम्बाप्पे हुन सक्छन् ।

साउदी अरेबिया

साउदी प्रो लिगमा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो छन् । रियलका पूर्व टिममेट करिम बेन्जेमाको बाटो पछ्याउँदै त्यता जाने अवसर एमबाप्पेसँग पनि छ ।

साउदीका चार ठूला क्लबको स्वामित्व त्यहाँको पब्लिक इन्भेष्टमेन्ट फण्डले टेकओभर गरेको छ जसले न्युकासलको स्वामित्व समेत लिएको थियो र एलआईभी गल्फ समेत आयोजना गर्छ ।

अल नासेर पुगेपछि पाँच पटकका बालोन डे’ओर विजेता रोनाल्डो विश्वकै धेरै कमाउने खेलाडी बनेको दाबी फोर्ब्सले गरेको छ । ३८ वर्षीय रोनाल्डोको वार्षिक आम्दानी १३६ मिलियन अमेरिकी डलर छ ।

साउदी क्लब अल हिलालले अर्जेन्टाइन लेजेण्ड लियोनल मेसीलाई ल्याउन सकेन । मेसीलाई जस्तै प्रस्ताव एमबाप्पेलाई पनि नआउला भन्न सकिन्न ।

काठमाडौं । केलिएन एमबाप्पेको पेरिस सेन्ट जर्मेन पीएसजीमा २०२४ पछि सम्झौता नवीकरण नगर्ने बताइसकेका छन् ।

उनी पीएसजी छाडेर अन्य क्लबमा जाने योजनामा छन् । यस्तोमा फ्रेन्च च्याम्पियन पीएसजीले एमबाप्पेलाई फ्रिट्रान्सफरमा गुमाउने खतरा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*