२३ औँ पटक ग्रान्ड स्लाम जित्दै जाेकाेभिचले बनाए कीर्तिमान

जनपत्र
२९ जेष्ठ २०८०, सोमबार ०७:२०

unn.prixa.net

काठमाण्डाै – सर्बियाका नाेभाक जाेकाेभिचले २३ औँ पटक ग्रान्ड स्लाम जित्दै कीर्तिमान बनाएका छन् । तेस्राे पटक फ्रेन्च ओपन जितेका जाेकाेभिचले आफ्नाे २३ औँ ग्रान्ड स्लाम जितेका हुन् ।

यसअघि जाेकाेभिच स्पेनका राफल नाडालसँग बराबरीमा थिए । नाडालले २२ औँ पटक ग्रान्ड स्लाम जितेका छन् । हिजाे आइतवार भएकाे फाइनलमा जाेकाेभिचले नर्वेका क्यास्पर रुडलाई ७–६ (७–१) ६–३, ७–५ को सेटमा हराए । याेसँगै उनी सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बनेका छन् ।

जाेकाेभिचकाे कीर्तिमानी जितपछि राफल नाडालले बधाई दिएका छन् । ‘२३ यस्ताे सङ्ख्या हाे जुन केही वर्ष अघिसम्म साेच्न पनि असम्भव लागिरहेकाे थियाे तर तपाईँले गरेर देखाउनुभयाे’, नाडालले भने ।

जाेकाेभिचले २३ औँ ग्रान्ड स्लाम जित्ने क्रममा अस्ट्रेलियन ओपन १०, विम्बल्डन सात, यूएस ओपन तीन र फ्रेन्च ओपन तीन पटक जितेका छन् । उनी कम्तिमा तीन पटक सबै चार प्रमुख उपाधि जित्ने पहिलो खेलाडी पनि बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*