मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

जनपत्र
२१ जेष्ठ २०८०, आईतवार १०:०३

unn.prixa.net

काठमाण्डाै – लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) आफ्नो अन्तिम खेलमा पराजित भएको छ ।

पीएसजीका लागि अन्तिम खेल खेलेका फरवार्ड लियोनल मेस्सी र डिफेन्डर सर्जियो रामोसले आफ्नो अन्तिम खेलमा टोलीलाई जिताउन सकेनन् । दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ गोलले पराजित भएको हो ।

रमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे । पीएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले गोल गरे । रामोस र मेस्सीले यो सिजनको अन्त्यसँगै पीएसजी छाड्ने निर्णय गरिसकेका छन् । यो खेल हारे पनि पीएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*