२२औं मिनेटमा साइल लारिनले पेनाल्टीमा गोल गर्दै भाल्लाडोलिडको अग्रता दोब्बर पारे ।
७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गरेपछि भाल्लाडोलिडले ३-० को अग्रता बनायो । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले ८४औं मिनेटमा एक गोल मात्र फर्काए ।
जारी सिजन बार्सिलोनाको यो चौथो हार हो । बार्सिलोनाको ३६ खेलबाट ८५ अंक छ । उता रेलिगेसनबाट बच्न संघर्षरत भाल्लाडिलडलाई यस जितले राहत मिलेको छ ।
३६ खेलबाट ३८ अंक जोड्दै भाल्लाडिलड १७औं स्थानमा छ । रेलिगेसन जोनमा रहेको गेटाफेभन्दा भाल्लाडोलिड ३ अंकले अघि छ ।







