१० लाखमा ‘वरिष्ठ बलराम’बाट डेब्यू गर्दै दीलिपकी छोरी दिव्या

जनपत्र
४ जेष्ठ २०८०, बिहीबार ०६:१९

चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले नेपाली फिल्ममा आफ्नो करिअर सुरु गर्ने भएकी छन् । लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएकी उनले सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘वरिष्ठ बलराम’बाट डेब्यू गर्न लागेकी हुन् । यही फिल्मका लागि उनी आगामी एकरडेढ महिनाभित्रमा नेपाल आउँदैछिन् ।

उनी नेपाल आएपछि निर्माण टिमसँग कागजी सम्झौता हुने बताइएको छ । उनी केही महिना अभिनयको कोर्स पनि गर्ने योजनामा छिन् । सम्भवतः आगामी दशैंपछि छायांकनमा जाने फिल्ममा दिव्याले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्नेछिन् । फिल्मको पटकथा खगेन्द्र स्वयंले तयार पारेका हुन् । दिव्या र खगेन्द्रको जोडी पर्दामा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

यो फिल्मका लागि निर्माण टिमले दिव्यालाई १० लाख पारिश्रमिक दिँदैछ । निर्माता अधिकारी स्वयंले यो कुरा स्वीकार गरे । ‘उहाँले अमेरिकामै राम्रो तलब(सुविधामा काम गर्दै आइरहनु भएको रहेछ । त्यसको तुलनामा १० लाख धेरै कम हो । उहाँले पारिश्रमिक डिमान्ड गर्नुभएको पनि होइन । यति दिँदा राम्रै होला भनेर हामीले नै प्रस्ताव राखेका थियौं । उहाँ पनि तयार हुनुभयो,’ उनले भने ।

लामो समयदेखि दिव्याको सुन्दरतालाई लिएर मिडियामा चर्चा भैरहेको छ । उनलाई धेरै फिल्मबाट अफर पनि पुगेको थियो । तर, उनले अध्ययनका कारण अफर नकार्दै आइरहेकी थिइन् । ‘वरिष्ठ बलराम’को टिम र आफ्नो चरित्र मन परेपछि भने उनी काम गर्न तयार भएकी हुन् । ‘इन्फो टिच प्रोजेक्ट म्यानेजमेन्ट’मा मास्टर्स पूरा गरेकी उनी अमेरिकामा आइटी क्षेत्रमा काम गरिरहेकी छिन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*