फ्राइडे रिलिज : बलिउड र हलिउडको फिल्मसँग भिड्दै ‘हल्कारा’

जनपत्र
२९ बैशाख २०८०, शुक्रबार ०७:२६

आजनेपाली सिनेमाहलमा एक नेपाली र दुई विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘हल्कारा’ का साथै बलिउड फिल्म ‘छत्रपति’ र हलिउड फिल्म ‘एस्टेरिक्स एण्ड ओबेलिक्सस् द मिडिल किङडम’ रिलिज भएका छन्।

विक्रम सापकोटाको लेखन र निर्देशन रहेको ‘हल्कारा’ मा महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा छन्। यस फिल्मले गाउँमा चिठ्ठी पुर्‍याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथालाई देखाएको छ।

फिल्ममा महेश र बिनिताका साथै उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ। हल्कारा’ ले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अवार्ड समेत जितिसकेको छ।

त्यसैगरि, ‘छत्रपति’ पनि आजबाट रिलिज भएको छ। वी।वी। विनायक निर्देशित यस फिल्ममा बेल्लमकोंडा साई श्रीनिवास, नुश्रत भरुच्चा र शरद नुसरत केलकरको मुख्य भूमिका छ।

यो फिल्म सन् २००५ मा रिलिज भएको साउथ फिल्म ‘छत्रपति’ को हिन्दी रिमेक हो। एसएस राजामोली निर्देशित फिल्ममा प्रभास र शृया सरन लिड रोलमा थिए।

गुइलाउम क्यानेट निर्देशित हलिउड फिल्म ‘एस्टेरिक्स एण्ड ओबेलिक्सस् द मिडिल किङडम’ पनि आजबाट हलमा लागेको छ। यस फिल्ममा क्यानेटका साथै गिल्स लेलोचे, भिन्सेन्ट क्यासल, ज्लाटन इब्राहिमोभिकको अभिनय छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*