आमा शब्द नै संसारको सबै भन्दा प्रिय

भगवती पुडासैनी
७ बैशाख २०८०, बिहीबार ०७:३१

आमा शब्द नै संसारको सबै भन्दा प्रिय र ओजनदार शब्द मानिन्छ । यो सबै आमाको हृदय स्पर्षिमाया, ममता र स्नेहको ओजनले नै आमा शब्दभाव ओजनदार बनेको हो।

एउटी महिलाले आमा बन्न कति पीडा, वेदना, रोदन र चित्कार बोकेकी हुन्छिन । संन्तानका लागि हृर्दयभरीमाया, ममता र स्नेह त्यो भन्दा धेरै बोकेकी हुन्छिन । मेरी आमा हजुरले आफ्ना सन्तानका लागी वर्षेझरीमा ओत बनेर,चर्को गर्मिमा शितलता दिएर अनि मुटुकमाउने कठाङ्ग्रीने जाडोमा न्यानो छातिमाटाँसेर अझै सक्ने र मिल्ने भए छाति च्यातेर मुटुको एउटा कुनामा राख्नु हुन्थ्यो होला अनि कलिलोघाँमको पार तपाँउन झिक्नु हुन्थ्योहोला है आमा ।

मेरालागी भोकमा भोजन बन्दिएर, निन्द्रामा मायालु काखको ओक्षान दिएर, रोगलाग्दा रातभर निन्द्रापाउँदिनथिन् मेरी आमा । आफैं धामी,आफै वैद्ये, आफै डाक्टर बनेर कयौ रात मेरालागी समर्पित गरेर कटाउनु भएको छ होला ।

मिरमिरे उज्यालोको साहरा लिदै कुन भञ्ज्याङ चौतारोमा पुगेर धामी झाँक्री देखाउदै झट्कारीदै,हत्तारिदै फेरि वैद्य, अस्पताल र मेडिकल गर्नुभयो होला ।
यी सबै दैनिकीमा न मेरी आमालाई कुनै भोक, न तिनलाई कुनै निन्द्रा, कयौ दिन, रात मेरो मुख हेरेर यसैवितायौ होला आमा ती अनिदो रातहरु ।

मेरा लागी आफै पाठशाला बन्दै तोते बोलि बोल्न सिकाँयौ, पढायौ, लेखायौ, संसार देखायौ । सबैलाई मेरो संन्तान भन्दै छात्ति फुकाएर परिचय दिदै हिड्यौ । असल संस्कार दिएर समाजमा उभिन लाएकबनायौ र चिनायौ । संसार हिडायौ, आफ्नो शरीर विर्सेर सबै माया संन्तानलाई दिएर सक्षम, सबल, जेहेन्दार र जिम्मेवार नागरिक बनायौ । सोच्दथ्यो होला संसारका सबै धन,बल, वुध्दि, आकाद र आहोदामा मेरै सन्तानले जितोस र अब्बल नागरिक बनोस । सधैं सपना देख्थ्यौ मेरी आमा आफ्नो सन्तान सन्सारकै सबै भन्दा ठुलो मान्छे बनोस भनेर । सम्झन्थ्यौ छोरी भएपनि संसारकै खुसी पाआस र सधैं मेरा आखा वरीपरी छाओस ।

आज मैले मेरी आमालाई सम्झि रहदा मेरा संन्तानले पनि त मलाई सम्झि रहेका होलान । मलाई आशालाग्नु स्वभाविकै हो । महिले लुकाई राखेको त्यो महिना जहाँ मेरा सन्तान जन्मनुभन्दा पहिला संसारकै सबै भन्दा सुरक्षित स्थानमा थियौ । सक्छौ भने त्यो गर्भासयको न्यानो अनुभुति गरेर हेर । तिमी पृथ्वीमा झरेर पनि कहाँ सुरक्षित थियौ र मेरो रगतको पोखरीमा लत्पतिएर, निसास्सिदै ,कठ्याङ्ग्रीदै रोएरहेका तिमीलाई चारै तिरबाट रोगका जिबाणुहरु घेरी रहेका बेला तिम्री आमाले थर्थर काँमेका हातले अञ्जुलीमा उठाउँदै न्यानो छातिमा टाँसेर आफ्नो स्तनबाट अमृतका धारा बर्षाएर तिम्रा हृदय भिजाएको महसुस गर।

कहाँ सुख थिए र ति दिनहरु कटक्क भोकले पेटमा आगो बल्दा तिमीहरुको पेट भर्नकै लागी पानि पिउदैम हिडे । आफ्नो रगतलाई अमृत बनाएर चुसाएको ती दिनहरु सम्झ । सक्छौ भने सम्झ दिनभरी मेलापात, कुटोकोदालो घाँस, दाउरा उकाली, ओराली गरेर थाकेको मेरो शरिर एक पहर रात झिमीक्क गर्न नपाई तिमीलाई काखमा हल्लाएर बसेको अनिदहरु । अनि तिमीले चुरुलुम्ब भिजाएको ओक्षानमा ढल्किएर चिसो ढाड बोकेर जाडोमा काम्दै हिंडेकि तिम्री आमाका दैनिकीहरु सम्झ ।

म त सम्झदै छु तिमीहरुलाई खुवाउँदा काटेका मेरा गास, तिमीलाई सक्षम बनाउन खटेको मेरा रात । दौडधुपले छियाछीया भएका मेरा पैताला र बनपाखा चाहर्दा कोरिएका मेरा हात अनि उमेर नपुग्दैचाउरिएको मेरो मुहार तिमीहरु सक्षम भएको हेर्ने दिन गनेर आतुर थिए ।

तिमीहरु पहिलो पटक झोला बोकेर स्कुल गएको त्यो दिन म कत्ति प्रफुलित भएको थियो । तिमीहरुलाई त के थाहा सर्टमा सानो रुमाल झुण्याएर ड्रेस लगाएर कितवको झोला बोकेर तिमीहरु घरबाट निस्के देखी आखाले देखुन्जेल कति खुसी भएर हेरिरहन्थे । तिमीहरु सानोमा स्कुल जान नमान्दा र ठुलो भएपछि स्कुल पुगेर नपढी बराल्लिएर हिंडेको ती दिनहरु सम्झ ।

तिम्रा विद्यालयमा पटक पटक गएर मेरो बच्चाहरुको पढाईमा ध्यान दिनुस है भन्दै म झुत्री कति पटकभ्याई नभ्याई तिम्रा स्कुल पुगेर ती सरहरुलाई पढाई सोध्थे । धकाईले गलेर पनि जानी नजानि तिमीहरुपढेको ठाउँमा बसेर गृहकार्यगर्न सिकाउँथे उत्साह दिन्थे । अनि तिमीहरुको स्कुलमा हुने हरेक वर्षका अतिरिक्त कृयाकलापहरुमा मेरै बच्चाहरु अब्बल तथा प्रथम भएर पुरस्कार च्यापेर आउन भनेर तिमीहरुलाईकथा, कविता, निवन्ध अनि नृत्य समेत सबै राती सिकाउँथे । मलाई तिमीहरु संग दिउसो बस्ने रमाउने र खेल्नेफुर्सत कहाँ थियो र किन कि म घाँसी घृहणी हो नी त ।

सक्छौ भने सम्झ त्यो न्यानो काखको स्पर्स महसुस गरेर । किनकी तिम्री आमा हुँ तिमीहरुलाई आमा शब्द बाट बोल्न सिकाउने म पहिलो गुरु तिम्री आमा म नै हुँ भनेर सम्झ । त्यसैलेत भन्छन योसंम्वन्ध यो नाता रगतको हो केबल रगतको र त त्यती कमजोर हुदैन कसैले तान्दा तन्कने र छोड्दाखुम्चने स्म्वन्ध हैन भन्ने सम्झ ।

आमा शब्द आफैं संसारको सबै भन्दा प्रिय र ओजनदार शब्द मानिन्छ । यो सबै आमाको हृदयस्पर्षि माया, ममता र स्नेहको ओजनले नै आमा शब्दभाव ओजनदार बनेको हो भन्ने सम्झ । म सम्झि रहेछु मेरी आमालाई आज मातातिर्थ औशिको दिन आमाको एकथन हराएकोफोटो खोजेर टाँसे ती सबै पलहरु सम्झदै मातृ वियोगले छटपटाएको मेरो मन भन्छ आमातपाँईलाई हार्दिक श्रद्वासुमन, भावपुर्ण श्रद्वासुमन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*