कृषकका लागि अवसरको ढोका खोल्दै प्रदेश ३ सरकार
हेटौंडा । सहुलियतपूर्ण कृषि ऋण तथा कृषि अनुदान परिचालन गर्नका लागि आज हेटौंडामा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । प्रदेश नम्बर ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकाश बैक लिमिटेड मुख्य कार्यालय काठमाण्डौका विचमा आज सहुलियतपूण ऋण र अनुदानमा हस्ताक्षर भएको हो । यो समझदारी संगै प्रदेश भरीका कृषक र कृषि क्षेत्रमा काम गर्नेहरुका लागि का अवसरको ढोका खुलेको छ ।

समझदारी पत्रमा मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्की र कृषि विकाश बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् । यो समझदारी पत्रमा हस्ताक्षर भएसंगै प्रदेश ३ का किसानहरुका लागि कृषि क्षेत्रमा व्यावसायीक रुपमा काम गर्नका लागि सहजता प्रदान गर्ने छ । १४ बुदे समझदारी पत्रमा हस्ताक्षर गरेसंगै दुबै कार्यालयलाई काम गर्ने बाटो खुलेसंगै काम गर्ने चुनौती पनि थपिएको छ । हस्ताक्षर गर्ने काम संगै काम पनि तत्काल अगाडी बढेमा किसानका लागि थप सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।
चालु आर्थिक वर्षमा कृषि प्राबिधिक, वेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुलाई सहुलियतपूर्ण कृषि ऋण उपलव्ध गराउनका लागि बैकसंग समझदारी गरिएको हो । प्रदेशका कृषक, कृषक समुह, सहकारी एबं उद्धमी व्यावसायीहरुलाई प्रवाह गरिने अनुदान कृषि विकास बैक मार्फत हुने व्यावस्था गरिने तयारी छ । मन्त्रालयले कृषिलाई आधुनिकीकरण गर्नका लागि बितेको आर्थिक वर्षमा अनुदान दिने, औजार लगायतका सामान सहयोग गर्ने काम गरेको छ । किसानले उत्पादन गरेका सामान भण्डार गर्ने, बजारीकरण गर्ने लगायतका काममा पनि सघाउन हुने काम गरेको छ ।
कृषि क्षेत्रमा क्रान्ती ल्याउँछौ–मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अवको तीन– चार वर्षमा कृषि क्षेत्रमा क्रान्ती ल्याउनेगरी काम गरिनुपर्ने बताउनुभएको छ । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उहाँले सामुहिक खेतिको विकास गरेमा मात्र कृषि क्षेत्रमा अगाडी बढ्न सकिने बताउनुभयो । आज जुन उदेश्यका साथ हस्ताक्षर भएको छ, त्यही अनुसार काम गरेमा मात्र सफल हुन सकिने उहाँको भनाई छ ।

बृक्षारोपणमा फलफूलका बिरुवा रोप्ने काममा ध्यान दिनुपर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । भाषण गरेर समृद्धी नआउने बताउँदै उहाँले भन्नुभयो–‘समृद्धीका निम्ति मेहनत गरेर काम गर्नुपर्छ । कुरा मात्र गरेर समृद्धी आउँदैन । त्यसैले प्रदेश सरकार र बैक मिलेर काम गर्नुको बिकल्प छैन ।’ कृषि विकाश बैकको मुल मर्म के हो त्यो अनुसार काम गर्न उहाँले निर्देशन दिदै भन्नुभयो–‘५२ वर्ष अगाडी देखि स्थापना भएको कृर्षि विकाश बैकले किसानका निम्ती के के काम गरेको छ त्यसमा पनि समिक्षा गर्नुपर्छ ।’
सुखी नेपाली बन्न माटोमा जानुपर्छ–मन्त्री ढुङ्गेल
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि माटोमा गएर काम गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले कृषि विकास बैक र प्रदेश सरकारको सम्बन्ध राम्रो संग अगाडी बढेमा किसानका निम्ति हित हुने बताउनुभयो । कृषिलाई व्यावसायीककरण गरेमा मात्र बिदेशबाट खाद्यान्न ल्याउनुपर्ने अवस्था न्युनीकरण हुँदै जाने बताउनुभयो ।
संझौताको काम संगै कार्यान्वयन पनि गछौ– मन्त्री लामा
प्रदेश नम्बर ३ का भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बैकसंगको संझाताको काम संगै कार्यान्वयन पनि गरिने बताउनुभयो । उहाँले भन्नुभयो–‘कार्यक्रम गरेर हस्ताक्षर गर्नु महत्वपूर्ण काम हो भने यसलाई कार्यान्वयन गर्नु झनै महत्वपूर्ण काम हो ।’ किसानका निम्ती हरेक क्षेत्रमा काम गर्ने गरी मन्त्रालय अगाडी बढेको उहाँले बताउनुभयो । कृषिलाई बैज्ञानीक ढंगले यान्त्रीकरण गरेर व्यावसायीकता गर्ने मन्त्री लामाले बताउनुभयो ।
कार्यक्रममा प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, प्रमुख सचिव आनन्दराज ढकाल लगायतकाको उपस्थिती रहेको थियो ।






