मकवानपुर गोल्डकपः एपीएफलाई ट्राइबेकरमा हराउँदै मनाङ मर्स्याङ्दी फाइनलमा फाईनलमा प्रवेश
हेटौंडा । मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइलनमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । मनाङले फाइनलमा हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मनाङलाइ अन्तिम दुईमा पुर्याउन टाइब्रेकरमा सरोज योञ्जन, विसन गुरुङ, सैजामोल हेडविनसन र आशिष गुरुङले गोल गरेका थिए । पराजित सशस्त्रको तर्फबाट नवीन लामा र सुदिप सिख्रकारले मात्र गोल गरे । एपीएफका सनी श्रेष्ठको प्रहार गोलपोष्टको बारमा लागेर फर्किदा दीपेश धिमालको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले बचाएका थिए ।

एपीएफका सनी श्रेष्ठको प्रहार गोलपोष्टको बारमा लागेर फर्कियो भने दीपेश धिमालको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले बचाएका थिए । गोलरक्षक कार्कीले म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो सेमिफाइनल खेल सोमबार हिमालयन शेर्पाले क्यामरूनी टोली एभिनियरसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल खेल फागुन १० गते हुनेछ ।
मनाङ्का गोलरक्षक दिप कार्कीलाई म्यान अफ द म्याच बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले नगद हस्तान्तरण गरे ।






