सिरी ‘ए’ मा नापोलीको सानदार जित

जनपत्र
२३ माघ २०७९, सोमबार ०७:३५

इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले सानदार जित हात पारेको छ । उसले गएराति सम्पन्न खेलमा स्पेजियाविरुद्ध ३–० को सानदार जित हात पारेको हो ।

नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई र कभिचा केभाराटकेलियाले एक गोल गरे । खेलको ४७ औं मिनेटमा कभिचाले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७३ औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई ३–० को फराकिलो जित दिलाए ।

योसँगै शीर्ष स्थानको नापोलीले २१ खेलमा ५६ अंक जोडेको छ । पराजित स्पेजिया १८ अंकका साथ १७ औं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*