एनपीएल : पोखराले छैटाैँ खेलमा बल्ल खाता खोल्यो, फार वेस्ट पराजित
काठमाण्डाै – नेपाल टी–२० प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले फार वेस्ट युनाइटेडलाई ३ विकेटले हराएको छ ।
पोखराले आज छैटाैँ खेलमा खाता खोलेको हो । फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पोखराले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । उसका लागि आशिफ शेखले ४५, कुशल मल्लले ४० र सुमित महर्जनले ३८ रन बनाए ।
फार वेस्टका प्रकाश जोशी, उमर अलि र करण केसीले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टका लागि उमर अलीले ४२, देव खनालले ३३ र रशिद खानले ३२ रन बनाएका थिए । पोखरा २ अंकसहित पाँचाैँ स्थानमा छ भने २ अङ्क नै रहेको फार वेस्ट पुछारमा रहेको छ ।
प्रतियोगितामा लुम्बिनी, जनकपुर, काठमाण्डौ, विराटनगर, फार वेस्ट र पोखरा गरी ६ टोलीको सहभागिता छ ।






