हेटौंडामा जनपथ र सशस्त्र प्रहरीका लागि स्वास्थ्य सिविर (भिडियो सहित)

जनपत्र
२४ मंसिर २०७९, शनिबार १५:०५

हेटौंडा । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साईन्सेस चितवनसंगको सहकार्यमा आज हेटौंडामा स्वास्थ्य सिविर गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा परिषरमा भएको सिविरमा बिभीन्न रोग लागेर पनि जचाउनका लागि समस्या भोग्दै आएका प्रहरीका सिपाइ देखि माथिल्लो तह सम्मका अधिकृतहरुले बिभीन्न रोगको जाँच गराएका छन् ।

कार्यक्रमको उद्घाटन् गर्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुम लता सिंहले हामिले यो सिविरको इच्छा गर्दा मेडिकल कलेजको सहयोगमा यो सिविर सार्थक भएको वताउनुभयो । आगामी दिनहरुमा पनि यस्तै सिविरहरु सञ्चालन गरेर स्वास्थ्य समस्या समाधान गर्न तर्फ लाग्ने समेत उहाँले वताउनुभयो ।

कार्यक्रममा ससस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष अनिता लामिछाने अर्यालले शिमित श्रोत र साधनहरुका बिचमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको वताउनुभयो । आफ्ना क्षमताले भ्याए सम्म स्वास्थ्य, शिक्षा, सरसफाइ लगायतका क्षेत्रमा पनि काम गर्दै आएको वताउनुभयो । यो सिविरबाट सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई सहयोग पुगेको वताउनुभयो ।


कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरिक्षक किरण बर्जाचार्यले स्वास्थ्य क्षेत्रमा प्रहरी श्रीमती संघको धेरै सहयोग रहेको वताउनुभयो । स्वास्थ्य र शिक्षाको क्षेत्रमा यस संघले काम गरेको र अरुले पनि यस्तै कार्यक्रममा जोड दिनुपर्ने वताउनुभयो । स्वस्थ शरिर भएमा मात्र प्रहरीले काम गर्न सक्ने उहाँले वताउनुभयो ।

भिडियो हेर्न तल क्लीक गर्नुहोस ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*