क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको बेल्जियम समूह चरणबाटै बाहिरियो

जनपत्र
१६ मंसिर २०७९, शुक्रबार ०७:०२

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

चार वर्षअघि रसियामा भएको विश्वकपमा तेस्रो बनेको बेल्जियमले तीन खेलमा मात्र एक जित र एक गोल गर्दै प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको छ। बेल्जियम विश्व वरीयतामा दोस्रो स्थानमा रहेको टोली हो।

अन्तिम १६ मा पुग्न जित आवश्यक छ भन्ने थाहा हुँदाहुँदै पनि बेल्जियमले क्रोएसियाविरुद्ध अर्को कमजोर प्रदर्शन देखायो। दोस्रो हाफमा सब्स्टिच्युटको रुपमा आएका रोमेलु लुकाकुले धेरै मौका पाएपनि गोलमा परिणत गर्न नसक्दा बेल्जियम प्रतियोगिताबाट बाहिरिनु पर्‍यो।

विश्वकप २०१८ को फाइनलमा पुगेको क्रोएसिया समूह ‘एफ’बाट उपविजेताको रूपमा अघिल्लो चरणमा पुगेको छ। यता, क्यानडालाई २-१ ले हराएको मोरोक्को शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*