हेटौंडामा मट्का चिया पसल

हेटौंडा / चियाका पारखीहरुले हेटौंडामै मट्का चिया पिउन पाइने भएको छ । हेटौंडा ५ पुष्पलाल पार्क अघि मट्का चिया पसल खुलेको छ । मट्कामा चियामा बाक्लो दुध, इलामको स्पेशल चिया र मसला मिसाइएको हुन्छ । मट्का चियाको विशेषता यो माटोको गिलासमा पस्केर दिइन्छ । माटोको भाँडाले चियामा भएको पानी सोस्छ । अनि चिया झन् स्पेशल हुन्छ । चिया खाँदा माटोको मौलिक स्वाद चाख्न पाइन्छ । यो अलि चिया मिठो पनि छ ।
शनिबारबाट चिया अड्डा मट्का चिया दोकान खुलेको हो । एक कप चियाको २५ रुपैया देखि ४५ रुपैयासम्म पर्छ । त्यो मट्काको साईज अनुुसार भरपर्छ । तुलनात्मक रुपमा मट्का चिया महँगो पर्छ । माटोको भाँडा पनि खर्चिलो छ । एक पल्ट चिया खाएपछि यो माटोको भाँडो काम नहुने भएको कारणले अलि महंगो हुने सञ्चालक विवेक खतिवडाले बताए । फ्याकिन्छ ‘हामी माझेर फेरि चिया पस्कदैनौं उनले बताए । खुलेका पहिलो दिनमानै व्यापार आशा लाग्दो रुपमा गर्न सकेको पसलका अर्का सञ्चालक रुपशे बानियाँले बताए । शनिबार भरीमा एक सय जना जतिको संख्यामा चिया खान आएको बताए । कोशि त मिठो लाग्यो भन्दै पनि ग्राहक दोहोरिएको उनले बताए ।