प्रहरीले फेसबुकबाटै थाल्यो सोधपुछ !

जनपत्र
११ असार २०७६, बुधबार ०६:१४

सामाजिक सञ्जालको विषयलाई लिएर नेपाल प्रहरीमा दैनिक दर्जनौं गुनासा आउँछन् । हरेक पीडितको चाहना हुन्छ, चाँडै न्याय पाइयोस् । तर, प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम सामाजिक सञ्जालबाटै सोधपुछ गर्न थालेको छ ।

प्रहरीको साइबर अपराध ब्युरो (सीसीबी) का प्रमुख विकास श्रेष्ठ कतिपय अवस्थामा सम्पर्कभन्दा बाहिर रहेका व्यक्तिलाई सचेत गराउन पनि यो विधि उपयोगी हुने बताउँछन् । प्रहरीले हालै साउदी अरबमा रहेका एक युवकलाई म्यासेन्जरमार्फत सन्देश सम्प्रेषण गरेको छ, जसले स्टाटस लेखेर ‘एजिज रेन’ नामक फेसबुक प्रोफाइललाई गाली गलौज गरेका थिए ।

‘गाली गलौज गरेको विषयमा हामीलाई जानकारी प्राप्त भएको थियो’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्रेष्ठले भने, ‘उनी विदेशमा भएकाले पक्राउ गरेर ल्याउने विषयमा अफ्ठ्यारो थियो । त्यसैले सचेत गराइएको हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*