कीर्तिमानी दर्शकसामु इंग्ल्यान्डको विजयी सुरुवात

जनपत्र
२३ असार २०७९, बिहीबार ०८:५६

इंग्ल्यान्डले वुमेन्स युरो २०२२ मा बुधबार विजयी सुरुवात गरेको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा बेथ मेडको एक मात्र गोलमा इंग्ल्यान्डले अस्ट्रियालाई १–० ले हराएको छ । उक्त खेल हेर्न ६८ हजार ८ सय ७१ दर्शकको कीर्तिमानी उपस्थित थियो ।

यससँगै वुमेन्स युरोपेली च्याम्पियनसिपमा यस अगाडिको ३० हजार दर्शकको कीर्तिमान भंग भएको छ । घरेलु मैदानको फाइदा प्राप्त इंग्ल्यान्डलाई पहिलो पल्ट महिला फुटबलको ठूलो उपाधि जित्नका लागि बलियो प्रत्यासी मानिएको छ ।

सरिनो वेगमनको प्रशिक्षणमा रहेको इंग्ल्यान्ड सेप्टेम्बरयता १५ खेलमा अपराजित रहेको छ । उनकै नेतृत्वमा नेदरल्यान्ड्सले सन् २०१७ को युरो जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*