हेटौंडा बजारलाई अब नयाँ रुप दिइन्छ– मुख्यमन्त्री पौडेल

जनपत्र
१० असार २०७६, मंगलवार १२:३६

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा बजार क्षेत्र १६ मिटर वा २५ मिटर भत्कीएपनि अब बजारलाई नयाँ रुप दिइने बताउनुभएको छ । आज हेटौंडा उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकको उद्घाटन् गर्दै उहाँले बजार क्षेत्रका घरहरु भत्कीएपछी एकै प्रकारका घर, एउटै रङ् लगाउने र हेटौंडालाई थप नयाँ रुप दिइने बताउनुभयो ।

हेटौंडा बजारमा एउटै प्रकृतिको नयाँ रुप दिनका लागि प्रदेश सरकारले अनुदान समेत दिने बताउनुभयो । हेटौंडाको हुप्राचौरलाई सौन्दर्य सबै क्षेत्रका नागरिक घुम्न आउने गरि बनाउनुपर्ने बताउनुभयो । प्रदेश सरकारले हेटौंडालाई उल्लेख्य रकम छुट्याएको बताउँदै उहाँले भन्नुभयो–‘हेटौंडाको बिकासका लागि धेरै भन्दा धेरै बजेट छुट्याएको छु । मेरो प्राथमिकता हेटौंडा मात्र होइन । सबै क्षेत्र हो तै पनि हेटौंडालाई बडी प्राथमिकता दिएको छु ।’

सबैले आफ्ना वडा भन्दा भनि समग्र नगरको बिकाश गरिनुपर्ने उहाँले बताउनुभयो । हरेक नीति कार्यक्रमलाई रोजगारी संग जोडिनुपर्ने बताउनुभयो । प्रदेश सरकारले काम गरेन भन्दा पनि अहिलेको कठिन परिस्थितीमा पनि धेरै काम गरेको मुख्यमन्त्री पौडेलले दाबि गर्नुभयो । बजेट ल्याउँदा पार्टीका घोषणापत्रमा उल्लेख गरिएका कामलाई प्राथमिकता दिनका लागि उहाँले ध्यानाकर्षण गराउनुभयो ।
तीन तहका सरकार अब समन्वय र सहकार्य गरेर काम गरिनुपर्ने बताउनुभयो । हेटौंडाको असोकका रुख र शहिद स्मारकले आफुलाई मुख्यमन्त्री बनाउनका लागि सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलालले बिकासको अवधारणा अझै पनि पुरानो तरिकाले चलेको बताउनुभएको छ । हेटौंडा नगरको हितको लागि काम गर्न सफल हुनका लागि उहाँले शुभकामना समेत दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*