अलमुताइरीले टोलीबाट निकालेका खेलाडीलाई फिर्ता बोलाउने एन्फा बैठकको निर्णय

जनपत्र
९ असार २०७९, बिहीबार ०७:४०

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

एन्फा कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई स–सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्दसहित १० खेलाडी तथा उनीहरूको समर्थन गरेको भन्दै कप्तान किरण चेम्जोङलाई राष्ट्रिय टोलीबाट बाहिर निकालेका थिए ।

प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अञ्जन विष्टलाई टिमबाट निकालिएको थियो ।

त्यस्तै, बैठकले छानविन समितिको प्रतिवेदन अनुसार प्रशिक्षकको विषयमा अलमुताइरी र कतार फुटबल संघसँग छलफल गर्न महासचिवलाई निर्देशन दिएको छ । बैठकले एन्फा महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीद्र जोशी र विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*