एसीसी महिला टी-२० मा नेपालले भुटानसँग खेल्दै

जनपत्र
३ असार २०७९, शुक्रबार ०७:३९

मलेसियामा आजदेखि सुरु हुने एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै छ। यो खेल विहान पौने ९ बजेदेखि सुरुहुने छ।

प्रतियोगिता जित्ने लक्ष्यका साथ मलेसिया गएको नेपाली टिम भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा रहने छ। नेपालका लागि भुटान अहिलेसम्म सहज प्रतिद्वन्द्वी हो। च्याम्पियनसिपमा १० टोली रहेकोमा दुई समूह विभाजन गरिएको छ।

नेपाल समूह बीमा रहेको छ। यो समूहमा भुटानसहित कुवेत, हङकङ र बहराइन पनिप रहेका छन्।समूह एमा घरेलु टोली मलेसिया, ओमान, कतार, सिंगपुर र युएई रहेका छन्। दुई समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन् भने फाइनल पुग्ने दुई टिम महिला टी २० एसिया कपमा छनोट हुने छन्।

नेपालले दोस्रो खेलमा भोलि ९शनिबार० कुवेतसँग खेल्ने छ भने तेस्रो खेलमा सोमबार बहराइन र तेस्रो खेलमा मंगलबार हङकङसँग खेल्ने छ।

नेपाली महिला टिम :

रुविना क्षेत्री बेलबासे (कप्तान), इन्दु बर्मा (उपकप्तान), सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अश्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, डली भट्ट, विन्दु रावल, संगिता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ र सवनम राई ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*