कुवेतबाट फर्किएनन् प्रशिक्षक अल्मुताइरी

जनपत्र
२ असार २०७९, बिहीबार ०७:१६

एएफसी एसिया कप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली बुधबार त्यहाँबाट फर्किएपनि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने उतै बसेका छन्। उनी विदा बसेको बुझिएको छ। प्रतियोगिताका क्रममा अल्मुताइरी बेहोस भएर ढलेका पनि थिए।

छनोटमा नेपालले तीनवटै खेल हारेको थियो। पहिलो खेलमा जोर्डनसँग २(० र दोस्रो खेलमा कुवेतसँग ४-१ गोलले पराजित भएको नेपालले तेस्रो खेलमा इन्डोनेसियासँग ७(० गोलको पराजय ब्यहोरेको थियो।

यो प्रतियोगितामा प्रशिक्षक अल्मुताइरीसँगको विवादका कारण पहिलो रोजाईका ११ जना खेलाडी राष्ट्रिय टोलीमा थिएनन्। विवाद छानबिन गर्न गठित समितीले एसिया कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न अखिल नेपाल फुटबल संघ-एन्फालाई सुझाव दिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*