हेटौंडाको जंगलमा भालु, संरक्षणमा जुट्यो वन कार्यालय

जनपत्र
७ असार २०७६, शनिबार ०७:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर ९ जिल्ला वन कार्यालय मकवानपुरको सव डिभिजन कार्यालय वरपर भालु देखापरेको छ । मकवानपुरका बिभीन्न जंगलमा चित्तल, मृग संगै अहिले भने भालु समेत देखापरेका हुन् । स्लोय बियर देखापरेको वनका प्राबिधिकहरु बताउँछन् । मकवानपुरमा घना जंगल बढेसंगै भालु पनि देखापर्न थालेको जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अचुत लामिछानेले बताउनुभयो ।

हेटौंडामा पर्षावन्यजन्तु आरक्षबाट भालु पसेको हुन सक्ने आसंका गरिएको छ । तर, दुईवटा भालु हेटौंडाका जंगलमानै बसिरहेको प्राबिधिकहरु बताउँछन् । भालुको संरक्षणमा वन कार्यालय पनि लागिपरेको छ । हेटौंडा संगै मकवानपुरको बकैया, ठिंगन, चन्द्रगिरी लगायतका स्थानमा पनि भालु देखापरेको छ । मकवानपुरका जंगल घना बनेसंगै थरिथरिका वन्वयजन्तु देखापरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*