रोनाल्डोबिनाको पोर्चुगल स्विट्जरल्याण्डसँग पराजित
क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल युइएफए नेसन्स लिगअन्तर्गत गएराति स्विट्जरल्याण्डसँग १–० गोलअन्तरले पराजित भएको छ ।
घरेलु टोली स्विट्जरल्याण्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
चोटका कारण रोनाल्डो खेलका लागि उपलब्ध थिएनन् । हारसँगै पोर्चुगलले समूह ‘ए’ २ को शीर्षस्थानमा उक्लने मौका गुमायो । ४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । स्विट्जरल्याण्ड ३ अंकसहित पुछारमा छ । समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ ।






