कपिलवस्तुको महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीकाे निधन
कपिलवस्तु – कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसबाट उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ ।
कुर्मीकाे हृदयघातका कारण गएराति निधन भएको परिवारजनले जानकारी दिएका छन् ।
कुर्मी यसअघि महाराजगञ्ज नगरपालिकाको निवर्तमान उपप्रमुख हुनुहुन्थ्यो ।







