एन्फाको साथ पाएका प्रशिक्षक अल्मुताइरी पटक-पटक विवादमा
प्रशिक्षकका रुपमा अब्दुल्लाह अल्मुताइरी आएसँगै नेपाली फुटवल पटक पटक विवादमा पर्दै आएको छ । अहिले प्रशिक्षण छाडेर बाहिरिएका दश खेलाडीले पत्रकार सम्मेलन नै गरेर प्रशिक्षकले आफुमाथि अन्याय गरेको आरोप लगाएका छन् ।
यसले अल्मुताइरीलाई फेरि विवादमा तानेको । त्यसो त नेपाल फुटवल संघ एन्फाको दर्हो साथ पाएका अल्मुताइरी यस विषयमा केही बोलेका छैनन् भने खेलाडी र प्रशिक्षकमा को दोषी हो ? भन्ने निस्पक्ष छानविन गर्न एन्फाले पनि आँट गरेको छैन ।






