बुद्धिचाल संघ मकवानपुरमा तिमल्सिना

हेटौंडा / नेपाल बुद्धिचाल संघको मकवानपुरको अध्यक्षमा माधब तिमल्सिना चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको सँघको भेलाले सर्वसम्मत रुपमा तिमल्सिनाको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको हो । संघको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिवमा नरेन्द्र भण्डारी, कोषाध्यक्षमा रुपकराज दाहाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुशिल तण्डुकार, उमेश सिग्देल, सुजनसिँह ठकुरी , सम्झना रिजाल, राजाराम कँडेल निर्बिरोध चयन भएका छन् । निर्बाचित कमिटीका सदस्यहरूलाई संघका केन्द्रिय अध्यक्ष एकालाल श्रेष्ठ, महासचिव हेराकाजी महर्जन, सचीव धरम लामा, मकवानपुरका पुर्ब अध्यक्ष ज्ञान कृष्ण प्रजापतिले टीका लगाएर बधाई दिनुभएको थियो । यसै गरि संघको शनिबार नै बसेको पहिलो बैठकले उपाध्यक्षमा किशन घिसिङ र सदस्यमा सुजिता थिङलाई मनोनित गरेको नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले जानकरी दिनुभयो ।