विश्वकप खेल्नुअघि ब्राजिल र अर्जेन्टिनाले मैत्रीपूर्ण खेल खेल्ने

जनपत्र
७ बैशाख २०७९, बुधबार १६:०६

विश्वकप खेल्नुअघि ब्राजिल र अर्जेन्टिनाले मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। उक्त खेल जुन ११ मा अस्ट्रेलियाको मेलबर्नमा हुने बताइएको छ।

यसअघि दुवै टोली पछिल्लो पटक विश्वकप छनोटअन्तर्गत भिडेका थिए। सेप्टेम्बरमा साओ पाउलोमा भएको खेल पूरा समय भने चलेन। खेल चलिरहेको केही मिनेटमै ब्राजिलियन स्वास्थ्य अधिकारीहरुले मैदानमा गएर ४ अर्जेन्टिनी खेलाडीलाई कोभिड १९ क्वारेन्टिन नियम उल्लंघन गरेको आरोपमा पक्राउ गर्न खोजेका थिए।

यद्यपि, अर्जेन्टिनी खेलअधिकारीहरुले हस्तक्षेप गरेपछि उक्त खेल स्थगित भएको थियो। हालसम्म स्थगित भएको उक्त खेल खेलिएको छैन। यद्यपि, सो खेल पुनः नभए पनि दुवै टिम कतारमा हुने विश्वकप २०२२ मा छनोट भइसकेका छन्।

बुधबार अस्ट्रेलियाको प्रान्तीय सरकारले खेल मेलर्बनको मैदानमा हुने घोषणा गरेको हो। पाँच वर्षपछि हुन लागेको दक्षिण अमेरिकी फुटबल टिमको मैत्रीपूर्ण खेल हेर्न ९५ हजार दर्शकले उपस्थित हुने अनुमान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*