नेयमार र एमबाप्पेको गोलमा पीएसजीको जित

जनपत्र
५ बैशाख २०७९, सोमबार ०७:३३

फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले मार्सिल्लेमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।

आइतबार भएको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा खेलको १२ औं मिनेटमा नेयमारले गोल गरे भने पहिलो हाफको इन्ज्युरी समयमा कायलिन एमबाप्पेले पेनाल्टीमार्फत गोल गरे।

यससँगै पीएसजीले लिगमा दोस्रो स्थानमा रहेको मार्सिल्लेसँगको अंकदुरी १५ पुर्‍याएको छ। पीएसजीले ३२ खेलबाट ७४ अंक जोडेको छ भने मार्सिल्लेले समान खेलबाट ५९ अंक जोडेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*