आईपीएलमा दिल्लीमाथि बैंगलोरको जीत

जनपत्र
४ बैशाख २०७९, आईतवार ०६:२६

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जीत निकालेको छ ।

शनिवार राति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको हो ।

बैंगलोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो । यस जीतसँगै बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ ।

दिल्ली ५ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*