पाँच पटकको च्याम्पियन मुम्बइ जारी सिजनको लगातार छैटौं खेलमा पराजित

जनपत्र
३ बैशाख २०७९, शनिबार २०:२४

इण्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत आज सम्पन्न खेलमा मुम्बइ इण्डियन्सले लखनउ सुपर जाइन्टसँग पराजय ब्यहोरेको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा लखनउले मुम्बईले १८ रनले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका लागि कप्तान केएल राहुलले शतकीय पारि खेल्दै अविजित १०३ रन बनाइ। त्यस्तै मनिष पाण्डेले ३८ रन, क्विन्टन डी ककले २४ रन, दीपक होडाले १५ रन तथा मार्कस स्टोइनिसले १० रन जोडे। बलिङतर्फ मुम्बइका जयदेव उनद्कटले २ तथा मुरुगन अश्विन र फेबिअन एल्लेनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बई १८१ रनमा समेटियो। कप्तान रोहित शर्मालाई ६ रनमै गुमाएको मुम्बइका लागि सूर्यकुमार यादवले सर्वाधिक ३७ रन बनाउँदा डेवाल्ड ब्रेविसले ३१, तिलक वर्माले २६, किइरन पोलार्डले २५ तथा जयदेव उनदकटले १४ रन बनाए। बलिङतर्फ लखनउका अवेश खानले सर्वाधिक ३ विकेट लिँदा जेसन होल्डर, दुसमन्था छमीरा, रवि विश्नोइ र मार्कस स्टोइनिसले समान १ विकेट लिए।

योसँगै पाँच पटकको आईपीएलको विजेता मुम्बइ इण्डियन्सले लगातार छैटौं खेलामा पराजय ब्यहोरेको छ। मुम्बइलाई हराउँदै नवप्रवेशी लखनउ भने ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानको गुजरात टाइटन्सले पनि समान ८ अंक जोडेको छ। आजै दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर प्रतिस्पर्धारत छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*