चेल्सीसँग हारका बाबजुद रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

जनपत्र
३० चैत्र २०७८, बुधबार ०७:५१

युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३–२ अन्तरले पराजित भएको छ । हारका बाबजुद मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा मड्रिडले समग्रमा ५–४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३–१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु पर्‍यो ।

चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर उसले त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे ।

१५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५१ औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २–० अन्तरले अग्रता बनायो । टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए ।

अर्को लेगमा बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग बराबरी खेलेसँगै भिल्लारियल सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*