नेपाल र ताजिकिस्तानबीचको खेल आज, कसले मार्ला बाजी ?
एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमवार ताजिकिस्तानसँग भिड्दैछ ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान १०:४५ बजे शुरू हुनेछ ।
नेपाल आज पहिलो जीतको खोजीमा हुनेछ । तर, बलियो टोली ताजिकिस्तानलाई हराउन नेपाललाई सहज भने छैन। पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपाल ताजिकिस्तानलाई रोक्न चाहन्छ ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ।






