हेटौंडा जर्नालिजम अवार्ड ११ जनालाई, पत्रकार महासंघका ६ जना पुर्ब अध्यक्ष सम्मानित

जनपत्र
२५ जेष्ठ २०७६, शनिबार २१:५३

हेटौंडा । मकवानपुरका ११ जना पत्रकारले हेटौंडा जर्नालिजम अवार्ड प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका साखाका पुर्ब अध्यक्षहरुलाई दोसल्लाह ओढाएर सम्मानित गरिएको छ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा आज साँझ हेटौंडामा दोस्रो हेटौंडा जर्नालिजम अवार्डमा मकवानपुरका ११ जना क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको हो । यसैगरी जिल्लामा उत्कृष्ट महिला र पुरुष पत्रकार अवार्ड पनि प्रदान गरिएको न्यू मिडिया एकेडेमी प्रालिका अध्यक्ष मणिराज गौतमले बताउनुभयो । नौ जनालाई बिभीन्न बिधामा अवार्ड प्रदान गरिएको थियो भने एक जना महिला र एक जना पुरुषलाई उत्कृष्ट पत्रकारका रुपमा अवार्ड प्रदान गरिएको अध्यक्ष  गौतमले बताउनुभयो ।

जिल्लामा उत्कृष्ट पुरुष पत्रकारको रुपमा कान्तिपुर टेलिभिजनका मकवानपुर संबाददाता बालकृष्ण अधिकारी र उत्कृष्ट महिला पत्रकारका रुपमा टिम टेलिभिजनका पत्रकार नानीमैयाँ सापकोटालाई अवार्ड सहित जनही दश हजार रुपैयाँ पुरस्कार रासीले पुरस्कृत गरिएको छ ।
दोस्रो हेटौंडा जर्नालिजम अवार्ड पाउनेहरुमा उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्डमा एभिन्युज टेलिभिजनका राजन दाहाल, उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डमा नागरिक दैनिकका अशोक सुजन श्रेष्ठ, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्डमा साझाकुरा दैनिक र कारोबार दैनिकका केशव समपर्ण, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्डमा अन्नपूर्ण पोष्ठ दैनिकका कृष्ण सारु मगर, उत्कृष्ट सम्पादक वर्ष अवार्डमा साझाकुरा दैनिकका सुवास विडारी रहेका छन् ।

त्यसैगरी उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्डमा प्रष्टखबर डटकमका सुनिल सिवाकोटी, उत्कृष्ट प्रस्तोता वर्ष अवार्डमा रेडियो थाहा सञ्चारका दर्शन क्षेत्री, उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्डमा रेडियो मकवानपुर र प्रदेश दैनिकका गणेश अधिकारी रहेका छन् । त्यसैगरी नव उदयमान पत्रकार वर्ष अवार्डमा रेडियो थाहा सञ्चारकी सृजना नेपालले प्राप्त गरेका छन् । उनले प्राप्त गरेको अवार्ड सोही बिधामा उत्कृष्ट तीनमा पर्न सफल मानवी बाँनियालाई समेत बराबर अवार्डको रकम, अवार्ड दुईजनाले लिने सृजनाले कार्यक्रममै घोषणा समेत गरिन । उनीहरुले जनही पाँच हजार रुपैयाँ र अवार्ड प्राप्त गरेका अध्यक्ष गौतमले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु कौशल पाण्डे, नवराज सर्मा, प्रताप विष्ट, राममणी दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि एवम् प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले पुर्ब अध्यक्षहरु सबै सम्मानित हुने पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्बती राना लगायतकाले उत्कृष्ट पत्रकारलाई अवार्ड बितरण गर्नुभयो । कार्यक्रममा चर्चित कलाकार प्रशास सपुतले प्रश्तुती दिएका थिए भने स्थानीय कलाकारहरु कविराज हुमागाई, स्वस्तिका ढकाल, देवेन्द्र कार्की लगायतले प्रस्तुती दिएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*